Tuesday, May 31, 2016

विपद व्यवस्थापन छलफल

नवलपरासी, १८ जेठ ।
नवलपरासीको रजहरमा पांच दिने विपद व्यवस्थापन सम्बन्धी छलफल भएको छ । नवलपरासीको रजहर गाविसको कार्यालय र माझी, मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रम पांच दिनसम्म चलेको थियो । कार्यक्रम मंगलबार सकिएको छ ।
विपद जोखिम न्यूनीकरण व्यवस्थापन योजना निर्माण सहभागितामूलक संकटासंनटा विश्लेषण नामक छलफल कार्यक्रममा रजहर गाविस भित्र रहेको वडा स्तरीय विवद व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
छलफलमा सहभागीहरुको क्षमता अभिवृद्धिका साथै गाविस भित्रको विपद जोखिम क्षेत्र पहिचान गरी कार्ययोजना तयार पारिएको छ ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal