Tuesday, May 31, 2016

विश्व धुम्रपान रहित दिवसको अवसरमा सचेतना र्याली

खिमानन्द देवकोटा
नवलपरासी, १८ जेठ ।
विश्व धुम्रपान रहित दिवसको अवसर पारेर आज नवलपरासीको प्रसौनीमा युवाहरुले सचेतना र्याली निकालेको छ ।
स्वास्थ्य अधिकार तथा सूर्ती निवारण जिल्ला समिति नवलपरासीको आयोजनामा नवलपरासीको प्रसौनीमा सचेतना र्याली निकालिएको हो । सो अवसरमा सुर्ती जन्य वस्तुको प्रयोग नगरौं, धुम्रपान मध्यपान नगरौं जस्तो नारा लेखिएका प्लेकार्ड सहित र्याली गरिएको थियो ।
सचेतना र्याली प्राथमिक स्वास्थ्य केन्द्र, समता नेपाल नवलपरासीको सहयोग तथा मखमली युवा क्लबको सहकार्यमा भएको थियो ।
र्याली पछि अन्तरक्रिया समेत गरिएको थियो । प्रसौनी गाविसको सभाहलमा भएको अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रम वाबुराम पाण्डेको अध्यक्षता तथा गाविस सचिव वसन्तबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यस्तै आज विश्व धुम्रपान रहित दिवसको अवसरमा परासीमा पनि सचेतना र्याली गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी र प्रकृति युवा क्लबको आयोजनामा परासीमा र्याली गरिएको हो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीकै आयोजनामा परासीमा अन्तरक्रिया समेत गरिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal