Saturday, May 21, 2016

बुद्ध जयन्तीमा रामग्राम स्तुपमा कार्यक्रम

परासी, ८ जेठ ः  २५६० औं बुद्ध जयन्तीको अवसरमा नवलपरासीको रामग्राममा पनि विभिन्न कार्यक्रमको आयोजना गरियो ।
स्थानीयवासीले नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायको संयोजकत्वमा बुद्धजयन्ती मूल समारोह समिति गठन गरेर मनाइएको जन्मजयन्ती कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सरकारी कार्यालयका प्रमुखहरुसमेत सहभागी नभएपछि स्थानीयहरु खिन्न बनेका थिए ।
 
 पटकपटक सरकारी स्तरबाट कार्यक्रमको आयोजना गर्न माग गर्दै आएपनि वास्ता नगरेपछि स्थानीयवासीहले स्वतस्फुर्त रुपमा  शनिवार ¥याली र अन्र्तकृया कार्यक्रम गरि बुद्ध जयन्ती मनाएका हुन् ।   बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप लुम्बिनी पछिको ऐतिहासिक स्थलको रुपमा रहेको क्षेत्र हो ।
   अन्र्तकृया कार्यक्रममा स्थानीय समाजसेवी एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीले लुम्बिनी विकास कोषले रामग्रामलाई बौद्ध सर्किटको रुपमा प्रचार–प्रसार एवं विकास गर्ने रणनीति लिएपनि वास्ता नगरेको भन्दै आक्रोश पोख्नु भयो ।  । उहाँले उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको रामग्रामलाई अघि बढाउने निजी क्षेत्रले पनि सक्दो सहयोग गर्ने भन्दै त्यसको सुरुवात सरकारी क्षेत्रबाट गर्न आग्रह गर्नुभयो ।
बुद्धसँग सम्बन्धित सबै स्थलको विकास, संरक्षण र सम्र्बद्धन गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषको रहेपनि त्यसले वेवास्ता गरेका कारण अब स्तुपको विकासका लागि रामग्राम पर्यटन विकास कोषको स्थापना हुनुपर्नेमा परासीबासीहरुले सरकारसँग माग गरेका छन् ।  

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal