Monday, May 30, 2016

बालमैत्री गाविस बनाउने घर धुरी सर्वेक्षण अभियान

शोभा जिसी
कावासोती, १७ जेठ ।
नवलपरासीको प्रसौनी गाविसलाई बालमैत्री गाविस बनाउनका लागि नवलपरासीको प्रसौनी ५ धोखाडीमा आजदेखि घरधुरी सर्वेक्षण अभियान थालिएको छ ।
गाविसको सहयोगमा सगरमाथा बालक्लबले प्रसौनी ५ मा घर दैलो अभियान शुरु गरेको हो । गाविसलाई बालमैत्री बनाउनका लागि घरदैलो अभियान शुरु गरिएको सगरमाथा बालक्लबका अध्यक्ष खिमानन्द देवकोटाले बताए ।
प्रसौनी ५ मा करिब दुई सय घर परिवार रहेका छन् । क्बललाई धोखाडी सम्वाद केन्द्रका कर्मचारीहरुले घर घर गएर तथ्यांक संकलन गरी सहयोग गर्दैछ ।
बालबालिकाको स्थिति पत्र तयार पार्नका लागि सर्वेक्षण गरिएको हो । सर्वेक्षण सक्न एक साता लाaग्ने बताइएको छ ।
प्रसौनीगाविसलाई २०७५ पुस मसान्तसम्म र प्रसौनी वडा नं. ५ लाई २०७४ असार मसान्तसम्म  बालमैत्री क्षेत्र घोषणा गरिदै छ ।
नवलपरासीमा अहिलेसम्म सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका र साविक प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविसको रुपमा घोषणा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal