Monday, May 30, 2016

कावासोती सुइरो वितरण अभियान

रामकुमार श्रेष्ठ
कावासोती, १७ जेठ । नवलपरासीको ठूलो नगरपालिका कावासोती नगरपालिकालाई प्लाष्टिक मुक्त नगरपालिका बनाउनका लागि धमाधम सुइरो वितरण शुरु गरिएको छ ।

कावासोती नगरपालिकाको दुई लाख रुपैयां सहयोगमा कावासोती नगरपालिकाको घर घर सुइरो वितरण गरिएको हो। साताव्यापी रुपमा सुइरो वितरण गरिएको दीप आदर्श बाल तथा युवा सरोकार मञ्चका अध्यक्ष किरण भुर्तेलले बताए।

दीप आदर्श बाल तथा युवा सरोकार मञ्च र प्रेरणा नेपालको सहकार्यमा सुइरो वितरण गरिएको हो । सुईरोमा प्लाष्टिक संकलन गरेर त्यसलाई विक्री गरिने जनाइएको छ।
नवलपरासीको कावासोती नगरपालिकामा प्रत्येक घरघरमा सुईरो वितरण गरिएको हो। कावासोती नगरपालिकालाई वातावरण मैत्री नगरपालिका बनाउनका लागि नगरपालिका भित्रका करिब १३ हजार घर धुरीलाई सुइरो वितरण गरिने भएको हो।
सुइरोमा घरघरबाट निस्केको प्लाष्टिकलाई जम्मा गर्ने र त्यसलाई पुनप्रशोधनका लागि विक्री गरिने छ। जसबाट आएको आम्दानी घर घर वितरण गरिने जनाइएको छ।
सुइरो वितरणका लागि महिला समूह, आमा समूह, टोल सुधार समिति लगायतले सहकार्य गरेका छन्।
प्लाष्टिकको प्रयोग विस्तारै हटाउनका लागि फाइबरका झोला वितरण समेत गरेकोछ। त्यस्तै वातावरण मैत्री नगरपालिका बनाउनका लागि खादाको प्रयोग हटाउनुका साथै एक घर एक विरुवा लगाउने अभियान समेत चलाउने नगरपालिकाले तयारी गरेको छ।
त्यस्तै धौवादीको धौवादी २ जुकेपानीलाई यस आर्थिक मसान्त भित्र पलाष्टिक मुक्त क्षेत्र बनाइने भएकोछ। त्यसका लागि छलफल एवम् अन्तरक्रिया समेत भएको थियो।
अन्तरक्रियामा सहभागि राजनीतिक दलका प्रतिनिधि, बालक्लब, महिला, स्थानीय बासिन्दा, आमा समूह, नागरिक वडा मञ्चका प्रतिनिधि सबैले यसै आर्थिक बर्ष भित्र धौवादी २ लाई प्लाष्टिक मुक्त बनाउने प्रतिबद्धता गरेको गाविस सचिव विकास राणाले बताए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal