नवलपरासीमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी १ जनाको बालकको ज्यान गएको छ ।
नवलपरासीको बैदौली ८ बसहियामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बालकको उपचारको क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार विहान करिब १० बजे बैदौली ८ बसहियाको भित्री सडकमा बसहियाबाट बर्दघाटतर्फ जादै गरेको ना २ ख ८८८० नम्बरको दुध बोक्ने टयाङकरले बैदौली ८ बसहियामा बस्ने हरी लुहल पासीको ५ बर्षिय छोरा सनी पासीलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारको लागि जिल्ला अस्पताल परासीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै टयाङकर र टयाङकर चालक इलाका प्रहरी कार्यालय बेलाटारिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Post a Comment