कावासोती, २१ बैशाख। नवलपरासीको देवचुली ३ केउरेनीमा सोमबारराति भएको सवारी दुर्घटनामा परी देवचुली १ निवासी ५५ बर्षीय टीकाबहादुर बोटेको ज्यान गएको छ ।
पैदलयात्रीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा देवचुली १ निवासी ५५ वर्षका टिका वहादुर बोटे रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्तले पुर्वपश्चिम राजमार्ग ५ घण्टासम्म अबरुद्ध पारेका थिए। राती साढे २ बजेसम्म पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेपछि यात्रुले सास्ती खेप्नप¥यो । नियम अनुसार क्षतीपुर्ती र फरार सवारी १५ दिनभित्र पत्ता लगाई कारवाही गर्ने सहमतिपछि मात्रै राजमार्ग खुलेको हो।

Post a Comment