Tuesday, May 3, 2016

त्रिवेणी आयल स्टोर्सको डिजल पम्पमा शिलबन्दी

राजु पाेख्रेल 
बर्दघाट २१ बैशाख। नवलपरासीको जमुनिया –४ ,गोेपिगञ्जमा रहेको त्रिवेणी आयल स्टोर्सको डिजल पम्पमा मंगलवार
नापतौल तथा गुणस्तार विभागले सिलबन्दी गरेको छ। बुटवलवाट आएको नापतौल तथा गुणस्तार 
विभागको टोलीले पम्पवाट ५ लिटर डिजलमा १ सय ५० मिलि लिटर कम भएपछि जरीवाना सहित १ महिनाका लागि पम्पनै सिल गरेको हो । मंगलवार करिव ५ बजेको समयमा गरीएको चेक जांचका क्रममा 
जमुनिया –४ ,गोेपिगञ्जमा रहेको लाल बहादुर यादवको त्रिवेणी आयल स्टोर्सको डिजल पम्पलाई सिल बन्दी गरेपछि त्यसक्ष्ँेत्रका उपभोक्ताहरु त्यस पम्पवाट आफुहरु निक्कै ठगिएको भन्दै गुनासो गरेका थिए । नवलपरासी जिल्लाको त्रिवेणी क्ष्ँेत्रमा संचालन हुने यातायातका सवारी साधन देखि स्थानिय ग्रामिण तहका जनतालाई यसरी झुकाएर ठगीको ब्यापर गर्ने गरेका यादवको पम्पको चेक जांच गर्न जिल्ला प्रहरी सहितको टोली गाएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal