गैँडाकोट, ३ जेठ । गैँडाकोट नगरपालिकाले आगामी साउन देखि लागु गर्ने भनेको एकीकृत सम्पत्ति करका विषयमा वडातहमा छलफल सुरु भएको छ । नगरपालिकाले मालपोत र धुरी करको सट्टा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको हो । नगरपालिकाको क्षेत्राधिकार र दायित्व अन्तर्गत एकीकृत सम्पत्ति कर लागू गर्न लागिएको हो । यसले नागरिकलाई अनिवार्यरुपमा करको दायित्वभित्र ल्याउनुका साथै नगरपालिकाको आन्तरिक आम्दानीमा समेत वृद्धि हुने नगरपालिकाको विश्वास रहेको छ ।
आज पनि चार वटा वडामा छलफल रहेको छ । आज वडा नं. ३, ४, ६ र ८ मा छलफल रहेको छ । वाड नं. ३ को ढाडेनी स्कूलमा, वडा नं. ४ को जयश्री सामुदायिक वनको कार्यालय र वडा नं. ६ को भाग्योदय प्राविमा र वडा नं. ८ को नन्दन सामुदायिक बनको कार्यलयमा कार्यक्रम रहेको छ । सबै कार्यक्रम अपरान्ह ४ बजेबाट सुरु हुनेछन् । हिजो देखि सुरु भएको छलफलमा वाड नं. १, वाड नं. २ र वाड नं. ७ मा हिजो छलफल भएको छ । वाड नं. १ मा नेपाल राष्टिय शमसेर आदर्श माविमा भएको थियो भने वडा नं. २ को छलफल महेन्द्र स्मारक निमावीमा भएको थियो । यस्तै वाड नं. ७ मा भने हरिहर मन्दीरमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
एक दिने अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थितका लागी वडा नागरीक मञ्च, राजनैतीक दलका प्रमुख तथा प्रतीनिधी, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतीनिधी, सरोकारवाला निकायका प्रमुख तथा प्रतीनिधी, लगायत सम्पुर्ण वडा÷नगरबासीहरुलाई नागरपालिकाले आग्रह गरेको छ ।
गैँडाकोट नगर क्षेत्रभित्रका घर जग्गाहरूमा स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार एकीकृत कर लागू गर्ने प्रक्रिया अघि बढाइएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment