नवलपरासी, २६ बैशाख ।
नवलपरासीको दुम्किबासमा आजदेखि पांच दिने वनमारा झारलाई कम्पोष्ट मल बनाउने तालिम शुरु भएको छ ।
वन जंगलमा बनमारा लगायतका झाडीहरुले बन मासिंदै गएको र त्यसैका कारण खडेरीमा डढेलो समेत लाग्ने गरेको भन्दै त्यसको नियन्त्रणका लागि वनमारा लगायतका छारहरुबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरिएको हो ।
रिम्स नेपालको आयोजना र बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा भएको तालिममा माटो विशेषज्ञ सदानन्द जैसी, सहायक प्रशिक्षक सन्ध्या रिजालले प्रशिक्षण दिनुभएको छ । आजदेखि शुरु भएको तालिम विहीबारसम्म चल्ने छ ।
तालिममा विनयी सामुदायिक वन दुम्किबासका विपन्न परिवारका ३० जनाको सहभागिता रहेको रिम्स नेपालका उद्यम विकास विशेषज्ञ युधिर शर्माले बताउनुभयो ।
तालिमको नवलपरासीका जिल्ला वन अधिकृत विजयराज सुवेदीले उद्घाटन गर्नुभएको थियो ।
तालिम सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई उपलब्ध गराई समूहद्धारा नै कम्पोष्ट मल उत्पादन गर्न सक्ने र त्यसलाई बजारमा विक्री र आफ्नै खेतबारीमा समेत प्रयोग गर्न सक्ने गरी तालिम प्रदान गरिएको प्रशिक्षक जैसीले बताउनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment