Sunday, May 8, 2016

निर्दोषलाई कारवाही नगर्न माग


नवलपरासी, २६ बैशाख ।
नवलपरासीका ग्यांस व्यवसायीहरुले ग्यांसमा हुने कालोबजारी रोक्ने नाममा निर्दोषलाई कारवाही गर्न नहुने माग गरेका छन् ।
ग्यांस विक्रेता संघ नवलपरासीका टोलीले आइतबार इलाका प्रशासन कार्यालय कावासोती मार्फत जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ज्ञापन पत्र बुझाउंदै यस्तो माग गरेका हुन् ।
उनीहरुले ग्यांस विक्रेताहरुलाई कालोबजारीमा संलग्न भन्दै राज्यले धरपकड गरेको आरोप समेत लगाए । इलाका प्रशासन कार्यालय कावासोतीका उपसचिव पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउंदै ग्यांस विक्रेता संघ नवलपरासीका अध्यक्ष झोलानाथ ढकालले नवलपरासीको नवलपुर क्षेत्रमा ग्यांस विक्रेताहरुले कालो बजारी नगरेको तर ग्यांस विक्रीका लागि अनुमति नलिएकाले ग्यांस विक्री गरिरहेकोले त्यसतर्फ अनुगमन गर्नु पर्नेमा समेत जोड दिए ।
ढकालका अनुसार नवलपरासीको नवलपुर क्षेत्र दाउन्नेदेखि पूर्व र गैडाकोटदेखि पश्चिम २ सय ३१ वटा डिलर रहेको बताए ।
नवलपरासीको कावासोतीमै कतिपय व्यापारीहरुले ग्यांस विक्रीको डिलर लिएको तर संघको सदस्यता नलिईकन ग्यांस विक्री गर्ने गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख एवम् उपसचिव पिताम्बर घिमिरेले ग्यांसमा हुने कालोबजारी रोक्न व्यवसायी आफै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै उनले प्रशासनले अनुगमन गरेर कालोबजारी गर्नेलाई कारवाही गर्ने समेत बताए ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal