कावासोती, २२ जेठ । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादी नवलपरासीले नवलपरासीमा तीन जनालाई कारवाही गरेको छ ।
तीन जनाले पार्टीको अनुशासन, आचरण विपरित कार्य गरेको पार्टीमा समेत सक्रिय भूमिका निर्वाह नगरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
नेकपा माओवादी नवलपरासीका सेक्रेटरी पदम केसी जुझारुद्वारा जारी विज्ञप्तिमा जिल्ला सदस्य शिव चापागाई, सत्यनारायण भुसाल र जुद्धबहादुर दराईलाई कारवाही गरेको हो ।
जुझारुले उनीहरुले पार्टीको अनुसासन विपरित कार्य गरेको कारण कारवाही गरेको जनाएको छ । चापागाई, भुसाल र दराई विप्लव माओवादी छाडेर नेकपा माओवादी केन्द्रमा जान लागेका कारण उनीहरुलाई कारवाही गरिएको स्रोतले जनाएको छ ।
Post a Comment