Saturday, June 4, 2016

सि.के राउतका ११ जना कार्यकर्ता पक्राउ

नवलपरासी, २२ जेठ । 
जिल्ला प्रहरी कार्यालय नवलपरासीले  शनिवार सदरमुकाम परासीबाट स्वतन्त्र मेधश गठबन्धनका (सिके राउता) का ११ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । 
जेठ ८ गते बुद्धज्यन्तिको दिन लुम्बिीबाट पक्राउ परेका गठबन्धनका कार्यकताहरुलाई प्रहरीले आफनो नियन्त्रणमुक्त गरेको  खुशीमा परासीमा  अविरजात्रा निकाल्न लागेको अवस्थामा  प्रहरी  ११ उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संगठनका केन्द्रिय उप संयोजक कैलाश महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, क्षेत्रीय संयोजक कनैया राजभर र ईरफान शेख , नवलपरासी जिल्ला संयोजक मदन यादव, जिल्ला सहसंयोजक बालगोविन्द चौधरी, जिल्ला सदस्य विजयनाथ यादव, प्रकाश पासवान, योगेन्द्र गुप्ता, श्याम गुप्ता, शेआलम अलि  रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
बुद्धज्यन्तीक दिन लुम्बिनीमा राष्ट्रपतिलाई कालो झण्डा देखाएर नाराबाजी गर्दा पक्राउ परेका नवलपरासीका विजयनाथ यादव र प्रकाश पासवानलाई प्रहरीले केहिदिन अगाडी छोडेको थियो । प्रहरीको नियन्त्रणबाट छुटेको खुशीमा आज परासीमा अबिर जात्रा निकाल्न थालेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal