Friday, June 3, 2016

चट्याङ्ग लागेर एकको मृत्यु, तीन घाइते

कावासोती, २२ जेठ । शनिबार विहान परेको चट्याङ्ग लागेर नवलपरासीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नवलपरासीको नयांबेलहानी ६ द्वारदा निवासी ३९ बर्षीय रामबहादुर कुमालको मृत्यु भएको हो । उनी जंगलबाट घर फर्कदै गर्दा विहान ८ बजेतिर चट्याङ्ग लागी गम्भीर घाइते भएको र उपचारका लागि नवलपरासीको चोरमारामा रहेको प्राथमिक स्वास्थ्य चौकी दुम्किौली लगिएको र त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि भरतपुर लैजांदै गर्दा वाटोमा नै मृत्यु भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । 
त्यस्तै सोही चट्याङ्ग लागेर तीन जना सामान्य घाइते भएकाछन् । उनीहरुको डण्डामा उपचार भईरहेको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal