Wednesday, June 22, 2016

मनिषाका प्रेमी आशिषलाई पुपुक्षका लागि धुनामा राख्न आदेश


कावासोती, ८ असार । नेपाल राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्या आरोपमा पक्राउ परेका प्रेमी रुद्रनारायण चौधरी (आशिष) लाई जिल्ला अदालत नवलपरासीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतको ५ नम्बर बेन्चका न्यायाधीश बासुदेवलाल श्रेष्ठको एकल इजलासले चौधरीलाई पछि ठहरे बमोजिम फैसाला हुने गरी मुलुकी ऐन ११८, देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत नवलपरासीका शाखा अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए । 
अदालतले उनलाई पुर्पुक्षका लागि थुनामा पठाएपछि आशिष धरौटीमा छुट्ने वा तारेखमा छुट्न पाउने छैनन् । 
मुद्दामा विमलको परिवारको तर्फबाट सरकारी अधिवक्ता रुद्र प्रसाद पन्थी र अन्य अधिवक्ताहरु सुदर्शन पन्त, आनन्द प्रसाद भुसाल, बाबुराम पोख्रेल, ध्रुवराज नन्द गरी ५ जनाले बहस गरेका थिए ।
अभियुक्त चौधरीको तर्फबाट ३ जना रमेश चौधरी, धनजैसी शर्मा र मित्रलाल लामिछानेले बहस गरेका थिए ।
नवलपरासी प्रहरीले २५ दिनको अनुसन्धान पश्चात मनिषाको हत्या उनकै प्रेमी आशिषले नै गरेको निश्कर्ष निकाल्दै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३, ३ बमोजिम कर्तव्य ज्यानमा सर्वस्वहित जन्मकैदको माग गर्दै सोमबार जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर गरिएपछि मंगलबार जिल्ला अदालतले आशिषसँग बयान लिएको थियो ।
१८ वर्षीया मनिषा गत जेठ १३ गते विहिबार बिहान नवलपरासीको बर्दघाट ८ भुतास्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal