रामकुमार श्रेष्ठनवलपरासी ८ असार । तराई मधेष लोकतान्त्रिक पार्टीको अध्यक्षमा पुन महन्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार मनोनयन दर्ताका लागि समय तोकिएकोमा निर्धारित समयमा अध्यक्षमा ठाकुरको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
तमलोपा प्रथम महाधिवेशनको निर्वाचन प्रकृया बुधबारबाट सुरु भएको हो ।
तमलोपाको अध्यक्ष पदका लागि महन्त ठाकुरको एक्लो मात्र उम्मेदवारी दर्ता हुंदा ठाकुर निर्विरोध भएको समितिल जनाएको छ । एक बरिष्ठ उपध्यक्षमा ह्देश त्रिपाठी र विश्वनाथ प्रसाद यादवको उमेदवारी परेको छ । तथापि सहमतिको लागि छलफल चलिरहेको छ ।
निर्वाचनका लागि बुधबार विहान १० बजे मतदाता नामावली प्रकाशन भएको थियो भने बुधबार दिउंसोबाट पदाधिकारी र केन्द्रिय सदस्यका लागि मनोनय पत्र दर्ता भएको छ ।
त्यस्तै दुई उपाध्यक्ष पदमा बृजेशचन्द्र लाल, शंकरलाल चौधरीको उम्मेदवारी परेको छ भने तीन महामन्त्रीमा उमाकान्त झा, जंगीलाल राय, बृजेश कुमार गुप्ता, जितेन्द्र प्रसाद सोनार, बिमल प्रसाद श्रीवास्तव गरी ६ जनाको उम्मेदवारी परेको छ ।
तीन सह–महामन्त्रीमा जय प्रकाश ठाकुर, कृष्ण सिंह, समिम मिया अन्सारी, सुरेश कुमार मण्डल, जितेन्द्र सिंह, राकेश मिश्र, उदय किसोर तिवारी, जनार्दन प्रसाद यादव, अभिराम शर्मा, महाजन यादव, पशुपति दयाल मिश्र, चन्दा चौधरी, राजेन्द्र कुमार शाह गरि १३ जनाको उम्मेदवारी परेछ समितिले जनाएको छ ।
त्यसैगरि कोषाध्यक्षमा कविन्द्रनाथ ठाकुर, अनिता कुमारी यादव, ईन्द्रराज प्रसाद सिंहको उम्मेदवारी छ भने केन्द्रिय सदस्यका लागि करिब ५५ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ । उमेदवारी पछि पनि सहमतिका लागि प्रयास भईरहेकोले मतदान हुने नहुने टुंगो लागेको छैन। तमलोपाको कुल १ हजार ७६ जना मतदाता प्रतिनिधि रहेका छन् ।
Post a Comment