Wednesday, June 22, 2016

लागू औषध सहित दुई जना पक्राउ

प्रेमचन्द्र रौनियार
कावासोती, ८ असार  । 
नवलपरासीको बैदौली  गाविस ९ बसहिया बाट  लागुऔषध सहित प्रहरील दुईजना लाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले दिएको जानकारी अनुसार भारतबाट लुकाई छिपाई ल्याईराखेको अवस्थामा प्रहरीले जाच गर्ने क्रममा दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा  दाउन्नेदेवी गाविस  ३ कुकुरमारका  ३० बर्षका पंकज गुरु¨ र दुम्किबास १ का बर्ष  ३० का राजेश गुरु¨ रहेका छन । प्रहरीले उनिहरुको साथबाट  १५ थान कोरेक्स, ६० क्याप्सुल नाईट्रोभेट, १सय ६० क्याप्सुल स्पास्मो  बराबद गरेको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यलय बेलाटारीमा राखीएको उपाध्यायले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal