नवलपरासीको देउराली गाविसमा आजबाट शुरु भएको जिल्ला स्तरी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन खेलमा झ्यालवास बि बिजयी भएको छ ।
झ्यालबास ए र झ्यालबास बि बिच भएको खेलमा झ्यालबास बि २÷० को सोझो सेटमा बिजयी भएको हो ।
यस अघि खेलको उद्धघाटन समाजसवी एवम कार्यक्रमकी प्रमुख अतिथि सरस्वति तिमिल्सीनाले गर्नु भएको थियो । उद्धघाटन कायईक्रम लेकाली युवा क्लब देउरालीका अध्यक्ष श्याम सोतीको अध्यक्षतामा भएको थियो ।
लेकाली युवा क्लब देउरालीको आयोजनामा गंगादशहराको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्बलका अध्यक्ष श्याम सोतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार , द्धीतीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैया प्रदान गरिने पनि सोतीले बताउनुभयो ।
Post a Comment