Saturday, June 4, 2016

द्धन्द्ध व्यवस्थापन तालिम सकियो ।

नवलपरासी, २२ जेठ । स्थानीय शान्ति समिती नवलरासीको आयोजनामा परासीमा सन्चालित मध्यस्थता मेलमिलाप तथा द्धन्द्ध व्यवस्थापन सम्बन्धि दुई दिने तालिम आज सकिएको छ ।  
गाविस, नगरपालिका तथा जिल्ला शान्ति समितिका पदाधिकारी तथा सदस्य, जिल्ला स्थीत सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा सन्चारकर्मिको सहभागिता रहेको तालिम समाजमा द्धन्द्ध व्यवस्थापन र मेलमिलापमा सहयोगका लागि सहभागिहरुलाई प्रशिक्षण गरिएको थियो ।
तालिममा सेलर्डका क्षत्रिय संयोजक सिताराम अधिकारी, अधिवक्ता मित्रलाल लामिछाने, सरस्वती शर्मा लगायतले प्रशीक्षण दिनुभएको थियो ।  स्थानीय शान्ति समितिका अध्यक्ष अलिहुसेन धुनियाको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय शान्ति समिती नवलपरासीका सदस्य कैलाश ठाकुर, लक्ष्मी क्षत्रि, कावासोती नगर स्तरिय शान्ति समितिका संयोजक लेखनाथ वस्याल लगायतले बोल्दै तालिम फलदायी भएको र अव स्थानीय स्तरमा हुने सानातिना विवादलाई मेलमिलापबाट समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्दै स्थानीय शान्ति समिति समेत सक्रिय हुने विश्वास व्यक्त गर्नुभएको स्थानीय शान्ति समितिका सचिव एवँ कार्यालय प्रंमुख धुव्रराज कण्डेलले बताउनुभयो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal