Saturday, June 4, 2016

स्वावलम्बन महिला समूहको साधारण सभा सम्पन्न

कावासोती, २२ जेठ । स्वावलम्बन महिला समूह गैँडाकोट ६ को पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । स्वावलम्बन विकास संस्थाको सभाहलमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष गिता अर्याल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सचिव राधिका पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 
कार्यक्रमका प्रमुख अतिथि स्वावलम्बन विकास संघका अध्यक्ष दिनुराम सापकोटाले वडा तथा गाँउ तहमा रहेका महिलाहरु सधैँ जागरुक तथा आत्मनिर्भर हुनुपर्ने बताए । महिलाको सशक्तिकरणका लागि आफ्नो संस्था सधैँ सहयोग गर्न तयार रहेको समेत उनले बताए । 
कार्यक्रममा समाजसेवी हिरालाल कंडेल, वडा नागरिक मञ्च गैँडाकोट ६ का संयोजक खिमानन्द सापकोटा, बेलटारी सिंचाई उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी  प्रसाद सापकोटा र लक्ष्मी बिकले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष नर्मदा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal