नवलपरासी, २२ जेठ । नवलपरासीको कुडया ६ महलवारीका ४० वर्षका छोटे लाल हरिजनलाई श्रीमती र छोरी मिलेर कुटपिट गरि घाईते बनाएका छन । हरिजनको हात,खुट्टा र ढाडमा चोट लागेको छ , अहिले चौपत्ताको शदि स्कृती सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरी चौकी कुडियाका अनुसार आज दिउसो साढे ३ बजेतिरको समयमा बर्ष ४० कि मिरा हरिजन बिच घरायसी कारणले झैझगडा हुदा श्रीमती मिरा हरिजन र छोरी पुजा हरिजनले कुटपिट गरि घाईते बनाएका हुन ।
आमा छोरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुषन्धान अगाडि बढाएको जनाएको छ ।
Post a Comment