Friday, June 24, 2016

आफ्नै बुवाबाट १३ बर्षीया बालिका बलात्कृत: बलात्कार भएको प्रमाणित हुने प्रारम्भिक रिपोर्ट आयो

नवलपरासी, १० असार । डाक्टरको प्रारम्भिक रिपोर्टमा नवलपरासीको कावासोतीमा आफ्नै बुवाले १३ बर्षीया छोरीलाई बलात्कार गरेको देखिएको छ ।
करिब तीन महिनादेखि आफ्नै छोरीलाई नियमित बलात्कार गरेको उनकै छोरीले बताउंदै प्रहरीमा जाहेरी दिएपछि उनलाई प्रहरीले मेडिकल रिपोर्टका लागि भरतपुर पठाएको थियो ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बालिका माथि बलात्कार भएको प्रारम्भिक रिपोर्ट आएको तर विस्तृत विवरण आउन भने बांकी रहेको बताए ।
थापाले भने बालिकाको वयान र प्रारम्भिक डाक्टरी रिपार्टलाई आधार मान्ने हो भने बालिकामाथि बलात्कार भएको देखिन्छ ।
कावासोतीको एउटा विद्यालयमा क्यान्टिल सञ्चालन गरी बस्ने मध्यविन्दु नगरपालिका निवासी पाण्डे थरका व्यक्तिले १३ बर्षीया कक्षा सातमा अध्ययनरत आफ्नी छोरीलाई नियमित जबरजस्ती करणी गर्ने गरेका हुन् ।
गएको सोमबारराति पनि छोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि छोरी आफ्नो बचाउका लागि भागेपछि घटना बाहिर आएको थियो ।
पाण्डेका श्रीमतीले केही समय अगाडि श्रीमान्लाई छाडेर पोखरा गएकी थिइन् । विद्यालयले पाण्डेलाई प्रहरीको जिम्मा लगाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धान भईरहेको बताए । प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal