Friday, June 24, 2016

बाख्रापालनले ल्यायो धनकुमारीको जीवनमा परिवर्तन

रामकुमार श्रेष्ठ
नवलपरासी, १० असार ।
नवलपरासीको देउराली ५ बेलुवाका धनकुमारी महतोको जीवनमा अहिले धेरै परिवर्तन आएको छ । पहिला श्रीमान् रक्सी खाएर हिड्ने, दिनहुँ झगडा गर्ने, घर खर्च पनि चलाउन गाह्रो हुने जस्ता नरकीय जीवनमा बाचेकी धनकुमारीलाई अहिलो आफ्नो जीवन स्वर्ग झै भएको छ ।
गाउंमा बाख्रा पालनको लहड चलेपछि बाख्रापालन गर्न थालेका धनकुमारीको जीवनमा बाख्राले नै परिवर्तन ल्याइदिएको हो ।
बाख्रापालन गर्न थालेपछि समूहमा हिडडुल गर्ने नयां नयां कुरा सिक्न पाउने महिला समूह जग्गा भएर महिलाहरुको पक्षमा आवाज उठाउने घरमा कुलतमा लागेकालाई सम्झाउने गरेपछि उनको जीवनमा परिवर्तन आएको हो ।
उनले अहिले बाख्रापालनबाटै घरखर्च चलाउने दुई जना
छोराछोरीलाई पठाउने खर्च समेत धानेका छन् । २२ वटा बाख्रा पालन गरेका उनले त्यसका अवला मासिक रुपमा आफ्नो आम्दानीबाट वचत समेत गर्ने गरेको छन् ।
उनले आफ्नो पुरानो दिन सम्झैदै भने– “म समूहमा लागेपछि मेरो श्रीमान्ले रक्सी खान छोड्नु भयो त्यो नै मेरो लागि सबैभन्दा खुसीको कुरा हो । पहिला रक्सी खाएर विरामी पर्नुहुन्थ्यो । उपचारको लागि पैसा खोज्दा कसैले सापटी दिन्थेन् ।” उनले थपिन् – अहिले त मेरै कमाईले पनि घरखर्च धानेर धेरै थोरै वचत गरेको छु । श्रीमान् पनि कमाउनका लागि साउदी जानु भएको छ ।”
उनका श्रीमान गिरुधारी महतो अहिले साउदीमा छन् । श्रीमान् घर हुंदा बाख्रालाई स्याहार सुसार गर्ने, घांस काट्ने, कुंदो दिने गरेर सहयोग गर्थे । श्रीमान्लाई सम्झदै धनकुमारी भन्छन् – श्रीमान्ले साउदीमा काम गर्नु भएको छ मैले घर बाख्रा पालेको छु । धेरै राम्रो भएको छ, अहिले त ।
धनकुमारीले बाख्रा पालनबाटै बार्षिक दुई लाख रुपैयांसम्म आम्दानी गर्ने गर्दछन् । उनले समूहमा मिलेर घांस खेती गरेका छन्, घर खेतको खाली चौरमा समेत घांस खेती गरेका छन् ।
गत बर्ष उनले हाँसिल गरेकै सफलताको आधारमा हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले उनले ७० हजार रुपैयां राशीको स्वर्णीम प्रतिभा पुरस्कार समेत प्राप्त गरेकी थिइन् । धादिङ्ग, नुवाकोट, चितवन र नवलपरासीका कृषकहरु मझ उनी उत्कृष्ट बाख्रापालक कृषक सावित भएर पुरस्कार पाएकी हुन् ।
उनले प्राप्त पुरस्कारबाट आफू पनि रहेको महिला समूहलाई ४२ हजार सहयोग समेत गरेकी थिइन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal