नवलपरासी, १० असार ।विप्लपले नेतृत्व गरेको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नवलपरासीको १५ औं जिल्ला सम्मेलन कावासोतीमा शुरु भएको छ ।
सम्मेलन कावासोतीको खानेपानी सभाहलमा चलिरहेको छ । सम्मेलनले नयां नेतृत्व चयन गर्ने जनाइएको छ । कार्यक्रममा एसएलसी २०७२ को परीक्षामा नवलपरासीबाट उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई सम्मान गरिएका थियो ।
सम्मेलनमा विद्यार्थी नेता एवम् स्थानीय नेताहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पूर्ण सिंह र नेकपा माओवादीका लुम्बिनी व्युरो इन्चार्ज चन्द्रबहादुर चन्द विरजंग लगायतले सम्बोद्धन गर्ने छन् ।
Post a Comment