Saturday, June 11, 2016

भैरहवामा युवाहरूको सक्रियतामा नयाँ लायन्स क्लब

सिद्धार्थनगर । भैरहवा क्षेत्रका युवाहरूको सक्रियतामा स्थापना भएको लायन्स क्लब अफ  सिद्धार्थनगर युथको आज अनावरण गरिएको छ ।
भैरहवामा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको अग्रसरतामा गठन गरिएको क्लबको आज एक कार्यक्रमका वीच लायन्स क्लव अफ
इन्टरनेश्नल ३२५ वी टु का पास्ट डिष्ट्रक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा, स्पोन्सर क्लव लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष राजेश खरेल लगाएतले लायन्स क्लव अफ सिद्धार्थनगर युथको अनावरण गर्नुभयो ।
सिद्धार्थनगर लायन्सका अध्यक्ष राजेश खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेकेन्ड ईलेक्ट डिष्ट्रक गर्भनर सुनिल वझा, लियो क्लवका डिष्ट्रक ईलेक्ट भ्वाईस प्रसिडेन्ट सार्दुल मयुर कसौधन, लायन्स क्लवका रिजन कोडिनेटर महेश चन्द्र थापा, क्वलका पुर्व अध्यक्ष दीपक क्षेत्रि न्यौपाने, प्रेम कुमार सेन्चुरी, लगाएतले बोल्दै क्लव स्थापनाले आफुहरुलाइृ खुसी तुल्याएको बताउदै कम भाग्यवानी व्याक्तिहरुको सेवामा लाग्नआग्रह गर्नु भयो । उहाहरुले लायन्स क्लव युथमा युवाहरुको वर्चश्व रहेको बताउदै युवाहरुले समाजमा उल्लेखनीय कार्य गर्न आग्रह गर्नु भयो ।
नव गठित क्लबको अध्यक्षमा लियो क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष अर्चित श्रेष्ठ रहनु भएको छ । भैरहवा तथा आसपासका क्षेत्रलाई कार्यथलो बनाई बसेका व्यवसायी, बंैकर्स, चिकित्सक, पत्रकार, इन्जिनियरहरूको सहभागितामा क्लब गठन गरिएको हो ।
क्लबका जनसम्पर्क अधिकारी सुनिल सेन्चुरीको संयोजक तथा रमेश घिमिरे तथा धिरज मललीकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । क्वलमा ३६ जना युवा युवती सदस्यको रुपमा रहेका छन् ।
क्लवका नवगठित अध्यक्ष अर्चित श्रेष्ठले सिद्धार्थनगरलाई फरक पहिचानका साथ अघि बढाउने अठोटका साथ क्लबको स्थापना गरिएको बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal