Saturday, June 25, 2016

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नवलपरासीको जिल्ला अधिवेशन कावासोतीमा

कावासोती, ११ असार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपरासीको छैठौं जिल्ला अधिवेशन कावासोतीमा शुरु भएको छ ।
अधिवेशनको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङले उद्घाटन गरेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष अम्मर विरहि गुरुङले लोक गित संगितको संरक्षणमा सवै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्वाअध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्रि पंगेनी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनमा कोषाध्यक्ष दुर्गा सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनको अहिले बन्द शत्र चलिरहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal