Sunday, June 12, 2016

विद्यालय शान्ति क्षेत्र सम्बन्धि अभिमुखीकरण

कावासोती, २९ जेठ । 
नवलपरासीको कावासोती ४ हसौरामा रहेको सरस्वती उच्च माविमा आइतबार विद्यालय शान्ति क्षेत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । 
कावासोती बाल सञ्जाल र दिप आदर्श बाल तथा युवा सरोकार मञ्च कावासोतीको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकहरुलाई विद्यालयमा शान्ति क्षेत्रको बारेमा जानकारी गराएका थिए । 
कार्यक्रममा एक सय ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा शोभा जिसीले सहजीकरण गरेका थिए । 
यसैबीच सरस्वती उच्च मावि हसौरामा शान्ति समूह समेत गठन गरिएको छ । मुक्तबहादुर गुरुङको अध्यक्षतमा ७ सदस्यीय शान्ति समूह गठन गरिएको हो । जसको सदस्यमा विष्णुमाया गौडेल, हरिमाया पाण्डे, हुमबहादुर रजाली, शान्ति अधिकारी, पुष्पा डुम्रे र प्रशन्न पाण्डे रहेका छन् । 
यो शान्ति समूहले विद्यालयमा दण्डरहित वातावरणमा अध्ययन अध्यापन भए नभएको अनुगमन गर्ने छ। 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal