Friday, June 3, 2016

वयान शुरु

नवलपरासी, २१ जेठ ।
नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार घटना सम्बन्धी पीडित र पीडक पक्षको साक्षीको वयान लिने काम हिजोबाट शुरु भएको छ । हिजो जिल्ला अदालत परासीमा पिडीतकातर्फबाट लाल वहादुर गुरौले आफनो बयान दिएको पीडितका पक्षमा मुद्दा लडिरहेका अधिवक्ता चेतप्रसाद डुम्रेले जानकारी दिनुभयो । पिडीत पक्षका बाकी साक्षि र पिडक पक्षको साक्षिको बयान लिने काम आज पनी हुने डुम्रेले जानकारी दिनुभएको छ । साक्षि बयान लिने विचमा शनिवार परेकाले आउदो आईतवारसम्म चल्ने उहाले बताउनुभयो । गत चैत्र १८ गते कावासोतीमा १३ बर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले तीन साता लगाएर पक्राउ गरी मुद्दा चलाएको हो। पक्राउ परेकोलाई जिल्ला अदालतले पुर्पुक्षका लागि थुनामा पठाएको छ। ब्यान लिने काम शुरु भएपछि समेत पीडित पक्षलाई घटना मिलाउन र वयान फेर्न व्यापक दबाब दिने काम भैरहेको पिडीत पक्षले बताएका छन । पिडीत पक्षलाई दबाब आईरहेको भन्ने खबर पाएपछि आज रुपेन्देहीबाट मानव अधिकारकर्मीको टोलीले समेत अदालतमा आएर घटना बारे बुझने काम गरेको दो्रपती गुरौले जानकारी दिनुभयो । गत चैत्र १८ गते साझ कावासोतीकी १३ वर्षया बालिकालाई ३ जनाले सामुहिक बलात्कार गरेर फरार भएका थिए। तीन जनालाई अदालतले दोषी ठहर गरेमा कम्तिमा पनि १२ बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal