नवलपरासी, २१ जेठ ।
नवलपरासीको कावासोतीमा प्रहरीले चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । केरुड्डे खोलाबाट अवैध रुपमा गिटी निकासी गरेको भन्दै प्रहरी कावासोतीको केरुड्डे खोलाबाट शुक्रबार विहान चार वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
केरुड्डे खोलामा जिविसले प्रति ट्याक्टर साढे ४ सय रुपैयां लिने गरी निकासी खोले पनि निकासी गरेको स्थान भन्दा बाहिरबाट गिटी निकालेको भन्दै प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजन थापाका अनुसार प्रहरीले ना ३ त ७५०९, लु २ त ७५६९, ना ५ त ३६६ र ना ३ त ३३४४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment