‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नवलपरासीको १५ औं जिल्ला सम्मेलन कावासोतीमा सम्पन्न भएको छ । सम्मेलनले आयोजक समितिका संयोजक शिव डुम्रेको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ । त्यस्तै सम्मेलनकै अवसर पारी नवलपरासी जिल्लाबाट उत्कृष्ट नजिता प्राप्त गर्ने ७ जना विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो । ग्रेडिङ्ग प्रणाली अन्तर्गत ३.९ अंक प्राप्त गर्ने बालविकास उच्च माविका रोशन सुवेदी, गैडाकोट नमुना आ.मा.विका प्रदिप पौडेल, अमर ई.बो.स्कुल का उत्सवकिरण पौडेल, यूनिक ई.बो स्कुलका सन्देश काफ्ले , कुमारवर्ती ई.बो.स्कुल रजहरका निशा शर्मा, न्यू लाईफ उच्च माविका मियाँ गुप्ता, शिव उ.मा.वि.का आरती पौडेल लगायतलाई सम्मान गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पूर्णबहादुर सिहंले विद्यार्थीहरुको हक र हितका लागी एउटा अर्काे महत्वपूर्ण विद्यार्थी आन्दोलदनको आवश्यकता रहेको भन्दै एकिकृत जनक्रान्तिको भावना अनुरुप सम्पूर्ण विद्यार्थीहरुले सीपमुलक र बैज्ञानिक जनवादी शिक्षाको लागी दबाब दिनुपर्ने बेला आएको बताए, उनले विद्यार्थीहरुमा नयाँ जागरणको पैदा भएको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई तयारी अवस्थामा रहनसमेत अपिल गरे । शैक्षिक दलाल, माफियाहरु, भ्रष्टचारीहरुः लगायतलाई कारबाही गर्न समेत निर्देशन दिएका थिए । त्यसैगरी विशिष्ट अतिथीको आसनबाट बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य एवंम लुम्बिनी व्यूरो इन्चार्ज चन्दबहादुर चन्द विरंजगले पार्टीको नीतिअनुरुप शैक्षिक क्षेत्रमा देखिएका विकृतीहरुलाई अन्त्य गर्नको लागी विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताए उनले विद्यार्थी संगठन पार्टीको महत्वपूर्ण संगठन भएको भन्दै अहिलेको एकिकृत जनक्रान्तिको बाटोमा यस्ले खेल्ने भूमिका निकै महत्वपूर्ण हुने बताए , एक फरक प्रसंगमा उनले कथित संविधानले देशको निकाश निकाल्न नसकेको दाबी गर्दै आफूहरुको घोषणा गरेको जनसंविधानलाई लागूगर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष लालबहादुर तामाङ्ग, क्रान्तिकारी पत्रकार संगठनका लुम्बिनी व्यूरो इन्चार्ज प्रकाश डुम्रे, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी वि.नी ऋषिराम शर्मा, शिव उच्च मावि का प्राचार्य चुरामणी शर्मा, क्रान्तिकारी महिला संगठन नवलपरासीका संयोजक सिर्जना भुषाल, नेपाल विद्यार्थी संघका सभापति राजेश पौडेल, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)का अन्नत अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै नवलपरासीको शिक्षा क्षेत्रको उन्न्नयको लागी संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उद्घाटन सत्रलगत्तै सुरु भएको बन्द सत्रले शिव डुम्रेको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा नयनसिहं खड्का, सचिव बलदेब गिरी, सहसचिव राजु भट्राई, कोषाध्यक्ष अजय गौतम, सदस्यहरुमा सन्तोष पौडेल, अर्जुन कंडेल, प्रकाश देवकोटा, सिता सुनार, वर्षा तिवारी, मन्जु पाण्डे, रश्मी मल्ल, राजकुमार विष्ट, डासिराम सापकोटा क्षितिज, शिशिर डुम्रे, श्याम सापकोटा गोविन्द पौडेल, विलक्लिन्टन संन्ज्याल, अनुप कुमाल, लगायत पछि ५ जना थप्ने झण्डै २५० प्रतिनिधीहरुको बीचबाट नेतृत्व चयन गरेको हो । बन्दसत्रमा प्रस्तुत समसामयीक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शिव डुम्रले समग्र नवलपरासीको विद्यार्थी आन्दोलनलाई उचाईान पु¥याउन सबैसँग हातमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । बन्दसत्रमा निर्वाचित कमिटिहरुलाई बधाई ज्ञापन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य रामबहादुर वि.क., जिल्ला सेक्रेटरी पदम केसी जुझारुले दिएका थिए भने जिम्मेवारीलाई कार्यकुशलताका साथ निभाउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष शिव डुम्रेले गरेका थिए । कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य नविनसिंह खड्काले गरेको कार्यक्रमको स्वागत राजु भट्राई र अध्यक्षता शिव डुम्रेको रहेको थियो ।

Post a Comment