रामकुमार श्रेष्ठ
कावासोती, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनवार गाउ“ पस्नबाट रोक्नका लागि लगाइएको विद्युतीय झड्का दिने तारबार जंगली जनवारको मृत्युको कारण बन्न थालेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको मातृभूमि मध्यवर्ती सामुदायिक वनले लगाएको विद्युतीय तारबारमा फसेर एउटा भाले रतुवा मृगको मृत्यु भएको छ भने एउटा पोथी मृग घाईते भएको छ ।
जंगली जनावार बस्ति नपसोस भनेर रोक्नका लागि बनाइएको तारबारमा उल्टै जंगली जनवार फस्दै मर्न र घाइते हुने थालेपछि विद्युतीय तारबारमाथि नै प्रश्न उठ्न थालेको छ ।
विद्युतीय तारमा परेर सोमबार विहान एउटा वयस्क भाले मृगको मृत्यु भएको थियो भने मंगलबार विहान पोथि मृग सोही तारबारमा फसेर गम्भीर घाइते भएको सिसवार मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष ढुण्डराज केसीले बताए । दुवै मृग रतुवा प्रजातिका मृग हुन् । भाले मृग मातृभूमि मध्यवर्ती सामुदायिक वनले दिव्य सामुदायिक वनमा लगाएको तारमा फसेको हो ।
केसीका अनुसार सोमवार विहान वनमा गस्ती गर्न जाने क्रममा उक्त मृगलाई वन हेरालुले मृत भेटेपछि निकुञ्जका कर्मचारीलाई खबर गरेका थिए ।
मृत रतुवा मृगलाई निकुञ्जका कर्मचारीले सोहि बनमा मुचुल्का उठाएर खाल्डो खनेर गाडेका छन । भने घाईते मृगको उपचार भैरहेको छ ।
मातृभूमि मध्यवर्ती सामुदायिक वनले विद्युतीय झड्का दिने नया“ मेसिन ल्याएकोले त्यसमा केही खराबी भएको हुन सक्ने केसीको भनाई छ । त्यस्तै उक्त मेसिनमा कति झड्का दिने भनेर पावर बढाउन र घटाउन मिल्ने भएकोले गैडा रोक्नका लागि बढी झण्डा दिन पर्ने भएकोले उक्त झण्डाका कारण मृत्यु भएको हुन सक्ने पनि बताए ।
त्यस्तै केसीका अनुसार कतिपय अवस्थामा सिकारीले सिकार गर्नका लागि करेन्ट थप गरिदिएको पनि हुन सक्ने बताए ।
कोषाध्यक्ष केसीले लगातार दुई वटा मृग फसेपछि घटनाको अनुसन्धान भईरहेको बताए ।
दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देवीलाल देवकोटाले तारबार बाक्लो भएको कारण फसेर मरेको हुन सक्ने पनि बताए । त्यस्तै मातृभूमि मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चन्द्रकान्त गौतमले करेन्टकै कारण मृगको मृत्यु नभएको दावी गरे । उनले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पश्चिम सेक्टर अमलटारी रेञ्जपोष्टका टोलीले घटनाको अनुसन्धान गरेकोले अनुसन्धान पछि मात्रै केही भन्न सकिने बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले घटनाको बारेमा बुझ्न टोली पठाएको र टोलीले करेन्ट लागेर नभई तारबारमा फसेर मृत्यु भएको जानकारी दिएको बताए । उनले गैडा रोक्ने बाहानामा अर्को जंगली जनवारलाई क्षति हुने गरी तारबार लगाउन नहुनेमा जोड दिए ।
निकुञ्ज भित्र चरिचरणको अभाव भएपछि चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको जंगली जनवारहरु हात्ती, गैडा, मृग, बदेल चरिचरणका लागि गाउं पस्ने गर्दछन् ।
गैडा, हात्ती, बदेल, मृग, हरिण, जरायो लगायतका जनवारहरुले गाउंमा पसेर मानव वस्तीमा जिउधनका साथै बालीनालीमा समेत नोक्सानी पुर्याएको भन्दै निकुञ्जले मध्यवर्ती मार्फत विद्युतीय झड्का दिने तारबार गरेका छन ।

Post a Comment