Tuesday, August 30, 2016

कावासोती नगरपालिकामा गत आर्थिक वर्षमा करीब ३ करोण ९५ लाख रुपैया बराबरको काम भएन

 ज्ञानु पंगेनी

नवलपरासी ,१४ भदौ । नवलपासीको कावासोती नगरपालिकाले मंगलवार  गत आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठि गरि आम्दानी तथा खर्च सार्वजनिक संगै भए गरेका कामको वारेमा जानकारी गराएको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा करीब ३ करोण ९५ लाख रुपैया बराबरको बजेटको काम नभएको जानकारी दिए ।
मालपोत कार्यालयको करबाट प्राप्त करीब १ करोण रुपैया र अन्य  विभिन्न शिर्षकमा छुट्टाईएको बजेटबाट काम नभएपछि सो रकम खर्च नभएको जानकारी दिए । पुरीले  बजेट फ्रीज नहोस भनेर रकम अन्य शिर्षकमा स्थानान्तरण गरिएको समेत बताए ।
यस्तै प्रतिवेदन सार्वजनिक गर्दै पुरीले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये १४ करोण ८१ लख ७ हजार  ६ सय ९६ रुपैया खर्च भएको जानकारी दिए ।
जसमा चालु खर्च ४९लाख रुपैया रहेको र पुजी“गत खर्च २ करोण ७७ लाख ४१ हजार रुपैया रहेको जानकारी दिएका  थिए ।
यसैगरी आर्थिक सामाजिक एवम् भौतिक पुर्वाधार विकास कार्यक्रममा एक करोण ४६ लाख ६ सय रुपैया विनियोजन भएकोमा १ करोण ४५ लाख २२ हजार ७ सय ३९ रुपैया खर्च भएको , सबै जातजातीका विपन्न वर्ग महिला विकास कार्यक्रममा २० लाख ८५ हजार ४ सय ५० रुपैया विनियोजन भएकोमा २० लाख ३४ हजार ८ सय ७५ रुपैया खर्च भएको , बालबालिका लक्षित कार्यक्रमा विनियोजन भएको १९ लाख ४२ हजार २ सय रुपैयामा  १८ लाख ४३ हजार २ सय रुपैया खर्च भएको छ ।
यस्तै आदिवासी जनजाती लक्षित कार्यक्रममा विनियोजन भएको १४ लाख १० हजार ४ सय रुपैयामध्ये १४ लाख ९हजार , ३ सय २५ रुपैया खर्च भएको जानकारी गराएका थिए ।
कार्यक्रममा  सर्वदलिय,वडा नागरिक मञ्चका संयोजक , संचारकर्मी , सरोकारवाला सहभागीता रहेको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीले खर्च भएको बजेटको उपलब्धी खासै नभएको गुनासो गरेका थिए ।
तालिम र गोष्ठिमा मात्रै बढि रकम विनियोजन भएको उनीहरुको गुनासो थियो ।
कार्यक्रममा कार्यकारी अधिकृत पुरीले गत आर्थिक वर्षमा  फेहोरमैला व्यवस्थापनको काम गर्न नसकेको , एकिकृत सम्पत्ती कर लागु गर्न नसकिएको, भवन बनाउन जग्गाको टुङ्गो लगाउन नसकिएकोमा दुख व्यक्त गका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal