ज्ञानु पंगेनी
नवलपरासी, भदौ १५
स्थायी डम्पिङग साईड निर्माणका लागि जग्गा उपलब्ध हुन नसक्दा नवलपरासीको कावासोती नगरपालिकामा फोहोर व्यस्थापन टाउको दुखाईको विषय बनेको छ ।
विगत ५ महिनादेखि कावासोतीमा फोहोर उठ्न नसक्दा नगरपालिकाको मुख्य मुख्य चोक प्रदुषित र कुरुप बनेको छ, भने नगरका भित्रीसडक आसपासका घरघरबाट निस्केका फोहोरको थुप्रोको डङ्गुर चोकचोकमा थुप्रिएको छ ।
फोहोरको डङगुरले दुर्गन्ध फैलिदा राजमार्ग भएर हिडडुल गर्नेहरु नाक थुनेर हिड्न बाध्य भएका छन । अर्कोतिर गर्मीको समयमा रोगको संक्रमण फैलने सम्भावना समेत बढेको छ ।
सर्वसाधारणले राति र एका विहानैको मौका छोपेर फोहोर जलाउन थालेका छन ।
विहानको समयमा फोहोर जलाउदा निस्केको धुवाले स्वच्छ हावा लिनका लागि मर्निङक वाकमा निस्केकाहरु नाक थुनेर हिड्न बाध्य हुने गरेको बताउछन ।
कावासोतीका स्थानीय खगराज सापकोटाले विहान विहानै स्वच्छ हावा लिनकालागी सडकमा निस्कदा झनै प्रदुषित हावा लिनुपर्ने अवस्था आएको गुनासो गरे । ‘बजारको चोकचोकमा थुपारिएको फोहोरको थुप्रोमा एकाविहानै आगो लगाउदा सास फेर्न नि गाह्रो हुन्छ , झनै रोगले ग्रसित भईन्छ कि, झै हुन्छ । ’ सापकाटाले भने ।
२०७४ सालभित्र नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्ने लक्ष्यअनुसार विभिन्न कार्यक्रमहरु संचालन गरिएपनी फोहोर उठ्न नसक्दा वातावरण मैत्री कार्यक्रम समेत प्रभावहिन बन्दै गएको छ । वातावरणमैत्री नगर निर्माणकालागी तालिम ,गोष्ठि , डस्विन वितरणका काम भएको भएपनी फोहोरको स्थाई व्यवस्थापन हुन नसक्दा वर्षैपिछ्छे करौडौ रुपैया खेरगैरहेको छ ।
चेकचोकमा डस्विनमा फालिएको फोहोरले पनी झनै दुर्गन्ध फैलिएको स्थानीय रेनुका पाण्डेले बताईन ।
कावासोती नगरपालिकाको फोहोर गत फाल्गुनसम्म मनकामना सामुदायिक वनमा फोहोर फाल्ने गरिए पनि मनकामना सामुदायिक वनले फाल्गुन मसान्त पछि फोहोर फाल्ननदिने जनाएपछि फोहोर उठाउने कार्य रोकिएको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए ।
उनले फोहोर व्यस्थापनकालागी स्थाई डम्पिङ्ग साईडको व्यवस्था गर्न वडा नम्बर ९ त्रिभुवनटार नजिकै खाली रहेको २१ रोपनी जग्गा खरिद प्रकृया चलिरहको जानकारी दिदै अब छिट्टै व्यस्थापन हुने जनाएका छन ।
जग्गा खरिद प्रकृयामा कुनै बाधा नआए केहि समय भित्र नै स्थाई डम्पिङ्ग साईड निमाणर््ा कार्य शुरु हुने उनको भनाई छ ।
Post a Comment