ज्ञानु पंगेनी
नवलपरासी , १५ भदौ
हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउनकालागी महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई प्रहरी प्रशाशन एवम् अदालतसम्म धाईरहनुपर्छ जसकालागी आर्थिक समस्या हुने गर्दछ ।
संस्थासंग बजेट अभाव हुन्छ संस्थामा नेतृत्व लिएकाहरुले नै आफ्नै खल्तीबाट खर्च गरेर महिला हिंसाका घटनामा काम गरिरहनुपर्ने बाध्यता रहेको छ , यसै कुरालाई मध्यनजर गर्दै महिला अधिकार मञ्चले एक रुपैया संकलनको अभियान थालनी गरेको छ ।
जुन अभियानको थालनी नवलपासीमा पनी गरिएको छ । केन्दिय कार्यक्रम अनुसार अहिले नवलपरासी सहित देशका ३१ वटा जिल्लामा यो अभियानको थालनी गरिएको महिला अधिकार मञ्च नवलपरासीकी अध्यक्ष कल्पना विन्दु गौतमले जानकारी दिईन ।
अभियान अन्तरगत महिला अधिकार मञ्चको जिल्ला ,नगर समिती तथा वडा समितीमा प्रतेक समितलाई एउटा खुत्रुके प्रदान गरिएको छ । जसमा महिला अधिकार मञ्चका प्रतेक सदस्यले दिनको एक रुपैया जम्मा गर्ने गर्दछन ।
नवलपरासीमा मंञ्चका २५ सय सदस्य रहको अध्यक्ष गौतमले बताईन यसरी दिनको एक रुपैया जम्मा गर्दा पनी २५ सय रुपैया नवलपरासीमा मात्रै जम्मा हुने हुदा र देशभरमा मंञ्चका ५९ हजार सदस्य रहेकाले दिनमा देशभरमा ५९ हजार रुपैया एक दिनमा जम्मा हुने हुदा आर्थिक समस्या नपर्ने भएकाले यो अभियानको थालनी गएिको गौतमले बताइन ।
रकम जम्मा गर्नकालागी सदस्यहरु दिनकै जम्मा हुन सम्भव नभएकाले अभियान अन्तरगत नवलपरासीमा सबैको अनुकूल मिलाएर १५ दिन अथवा एक महिनामा एक पटक जम्मा हुने र सबैले दिनकाृ एक रुपैयाका दरले रकम जम्मा गर्ने गरिएको महिला अधिकार मंञ्च नवलपरासीकी सचिव आशा बोटेले बताइन ।
यस्तै जिल्लामा महिला अधिकार मंञ्चले गर्ने कार्यक्रमहरुमा पनि सो खुत्रुके राखेर अभियान बारे जानकारी गराउने र सहभागीबाट जती सक्छन त्यती सहयोगकालागी खुत्रुकेमा जम्मा गर्न आग्रह गर्ने गरिएको समेत बोटेले जानकारी दिईन ।
यस्तै अब छलफल गरि मंञ्चको मात्रै कार्यक्रममा नभई मंञ्चका सदस्यहरुलाई बोलाईएका हरेक कार्यक्रममा खुत्रुके लैजाने र सहभागीहरुबाट रकम संकलन गरिने लक्ष्य समेत आफुहरुको रहेको बोटेको भनाई छ ।
महिला अधिकारको क्षेत्रमा काम गरिरहदा दिनहुजसो महिला हिंसाका घटनाहरु संस्थामा आउने गरेको र ती घटनाहरुमा आबद्ध महिलालाई न्याय दिलाउनकालागी सम्बन्धित निकायसम्म पुग्न यातायात , कहिले खाना नास्ता , कागजपत्र टेलिफोन जस्ता कुरामा खर्च गर्नुपर्ने हुन्छ जसकालागी कहिले कुनै संघसंस्था कहिले कुनै व्यक्ती त कहिले आफैले नै खर्च गर्नुपर्ने बाध्यता रहेको थियो अब यो अभियानबाट संकलन भएको रकमबाट आर्थिक समस्या समाधान हुने अपेक्षा लिएको मंञ्चकी अध्यक्ष गौतमको भनाई छ ।
यसरी जम्मा भएको रमकलाई जिल्ला समितीको रोहबरमा वैङ्कमा खाता खोलेर जम्मा गरिने समेत गौतमल बताईन ।
Post a Comment