रामकुमार श्रेष्ठ
नवलपरासी,१५ भदौं ।
सवारी सञ्चालनका लागि सरकारले अस्थायी रुट परिमिट लिन सूचना जारी गरेको भएपनि लुम्बिनी अञ्चल भित्र कहा“ रुट परमिट लिएको छ । कहा“ लिएको छैन त्यसको यकिन तथ्यांक कतै पनि छैन ।
अस्थायी रुटपरमिट प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला यातायात व्यवस्थापन समितिको सिफारिसमा अञ्चल यातायात व्यवस्था कार्यालयले भाडा दर समेत निर्धारण गरेर अस्थायी रुटको अनुमति प्रदान गरी यातायात व्यवस्था विभागमा जानकारी पठाउने गरिन्छ ।
त्यस्तै स्थायी रुटका लागि अञ्चल यातायात व्यवस्था कार्यालयको सिफारिसमा यातायात व्यवस्था विभागले अनुमति प्रदान गर्ने प्रचलन रहेको छ ।
६ जिल्ला रहेको लुम्बिनी अञ्चलमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्ला पर्दछ । यहाँ अधिकांश भित्री सडकहरुमा यात्रु बोक्ने भाडाका सवारी साधन अर्थात यात्रुबहाक बस तथा जिपहरु सञ्चालनमा रहेका छन् ।
असंख्य रुटमा लुम्बिनी अञ्चल भित्र सवारी साधन सञ्चालनमा रहेपनि तिनीहरुमा कहाँ कहाँ सवारी साधन चल्छन् कहाँ कहाँ स्थायी वा अस्थायी रुटपरमिट छ त्यसको यकिन तथ्यांक नभएपछि अञ्चल यातायात व्यवस्था कार्यालय र जिल्ला यातायात व्यवस्था कार्यालयले तथ्यांक संकलन गर्न थालेको छ । जसका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अञ्चल यातायात व्यवस्था समितिको वैठक बसी यातायात सञ्चालनका लागि अस्थायी रुट दिन मिल्ने नमिल्ने सिफारिस गर्न जिल्ला यातायात व्यवस्थापन समितिलाई परिपत्र गरिएको अञ्चल यातायात व्यवस्था कार्यालय लुम्बिनीका कार्यालय प्रमुख देवीराम भण्डारीले बताए ।
पछिल्लो पटक निर्माण भएको भूमही–भैरहवा हुलाकी सडक खण्डको समेत यात्रु बोक्नका लागि रोड परमिट नभएको पाइएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।
अञ्चल यातायात व्यवस्था कार्यालय लुम्बिनीले अस्थायी रुट परमिट दिन मिल्ने भए सात दिन भित्र सिफारिस गर्नु भनेर जिल्ला यातायात व्यवस्थापन समितिलाई पत्राचार गरेको भण्डारीले बताए ।
भण्डारीले कहाँ कहाँ रुट परिमिट छ भन्ने नबताए पनि उनले रुटपरमिट नभएकोमा चलाउने नदिने दावी गरे । तथापि अधिकांश पहाडी मार्ग र पछिल्लो ७÷८ बर्षदेखि सञ्चालनमा आएका भित्री मार्गहरुमा रुट परिमिट नभएको पाइएको छ ।
बेसी मात्रामा पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीका साथै नवलपरासीको १७ पहाडी गाविसमा सञ्चालनमा रहेका भित्री सडकहरु बढी जोखिममा रहेका छन् । नवलपरासीमा मात्रै पूर्वपश्चिम लोकमार्ग छोएर १४ वटा पहाडी मार्ग सञ्चालनमा रहेका छन् । अधिकांश पहाडि मार्गमा अस्थायी रुट परमिट मात्र दिन मिल्न रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।
पन्तले नवलपरासीको हकमा आइतबार भित्र कुन कुन सडकको रुट परिमिट भनेर ल्याउन यातायात व्यवसायी र समितिलाई निर्देशन दिइएको र त्यस पछि मात्र कहाँ कहाँ रुट परमिट छ कहाँ कहाँ छैन थाहा हुने बताए ।
उनले पहिले देखिनै सवारी साधन सञ्चालनमा रहेको भन्दा पनि नयाँ सवारी साधन सञ्चालनमा आएका सडकहरुमा रुट परमिट नरहेकोको बताए । स्थायी वा अस्थायी रुट परमिट नपाएको सडकमा सवारी साधन कुनै पनि हालतमा चलाउने नपाउने भए पनि निर्वाध सञ्चालनमा ल्याइएको छ ।
अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख भण्डारीले रुट परमिट नभएका सडकमा यातायात चलाउने नदिने गएको बताए तथापि उने अटेर गरेर मनोमानी ढंगले चलाएको भए । यातायात व्यवसायी नै त्यसको जिम्मेवार हुनु पर्ने बताए ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी पन्तले रुट परमिट नलिएको भए अब स्थायी वा अस्थायी के दिन सकिन्छ त्यसको अनुमगन गरी अनुमतिका लागि सिफारिस गरिने बताए ।
नवलपरासीको पहाडि मार्गमा भाडाका सवारी सञ्चालनमा रहेको सडक (रुट परिमिट भए नभएको जानकारी नभएको )
१. गैडाकोट–रतनपुर–कोटथर
२. दलदले–धौवादी
३. दलदले–बुलिङ्गटार
४. दलदले–डेढगाउ“
५. प्रगतिनगर–पृथ्वीनगर–विशालटार
६. कावासोती–कुमसोद–बुलिङ्गटार
७. डण्डा–झ्यालबास
८. चोरमारा–झ्याबास–धौवादी
९. चोरमारा–मैनाघाट
१०. चौरङ्गी–ल्होसेधारा
११. अरुणखोला–राका“चाली–कुडापानी–पाल्पा रामपुर
१२. अरुणखोला–दमार–मैनाघाट
१३. दुम्किबास–सर्दी–धुर्कोट
१४. सुनवल–महलबारी–पाल्पा झिरुवास
Post a Comment