Saturday, September 10, 2016

पुस्तक व्यवसायको नेतृत्व विकास तालिम

अर्जुन अविरल


कावासोती। नेपाल पुस्तक तथा  स्टेशनरी व्यवसाय महासंघ नवलपरासी शाखाद्वारा दलदलेको साहारा पार्टी प्यालेसमा व्यवसाय प्रवर्द्धन संरक्षण तथा नेतृत्व विकास तालिम भएको छ । 
जिल्ला अध्यक्ष देवीलाल काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्याल हुनुहुन्थ्यो । प्रशिक्षकको रूपमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रभात सुवेदी हुनुहुन्थ्यो । प्रशिक्षणमा प्रशिक्षकले पुस्तक नीतिको कार्यन्वनदेखि पुस्तकको मार्केटिङ्ग के कसरी गर्ने तरिका सिकाइएको थियो ।
त्यसैगरि कार्यक्रममा केन्द्रीय महासचिव नवनिधि पन्त, केन्द्रीय उपमहासचिव मनहरि बस्याल, क्षेत्रिय उपाध्यक्ष हेमानन्द शर्मा, केन्द्रीय सदस्य नारायण काफ्ले, चितवन जिल्ला सचिव प्रमिश आचार्य, चितवन जिल्ला कोषाध्यक्ष विनोद ढकाल, नवलपरासी जिल्ला निवर्तमान अध्यक्ष शोभाकान्त रेग्मी लगायतको आतिथ्यता रहेको थियो । जिल्लाका करिब ४ दर्जन व्यवसायीहरू उपस्थिति रहेको उक्त कार्यक्रम जिल्ला सचिव रविन्द्र न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal