नेपाल तरुण दल नवलपरासीको चौथो जिल्ला अधिवेशनले अध्यक्ष पदमा अत्यधिक मत सहीत सुर्य गुरुङ निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा सुर्य गुरुङ ले ६ सय ५८ मत प्राप्त गर्नुभएको थिया भने उहाका प्रतिद्धन्द्धी ऋषिराम पौडेलले ७४ मत प्राप्त गर्नुभएको थियो ।
तरुण कार्यकर्तालेसर्वसम्मतरुपमा नेतृत्व चयन गर्न सुझाब दिएको भएपनि सहमति हुन नसक्दा मतदान भएको हो ।
त्यसैगरी उपाध्यक्षमा सुक बाहादुर गुरुङ,निर्वाचति हुनुभएको छ । उपाध्यक्षमा सुक बाहादुर गुरुङ र विरेन्द्र श्रेष्ठको उम्मेदवारी परेको थियो । त्यस्तै सचिवमा गोपाल सापकोटा विजयी हुनुभएको छ । सचिवमा गोपाल सापकोटा र खगराज सापकोटाको उम्मेदवारी परेको थियो ।
त्यसैगरी केन्द्रीय पार्सदमा सुरज गुरुग चयन हुनुभएको छ । दलित तर्फ गगा विक, समावेशी तर्फ महेश यादव, अतौर रहमान अलि, निर्वाचित हुनुभएको छ ।
त्यस्तै कोषध्यक्षमा अशोक चौधरी, महिला खुल्ला तर्फ कल्पना कुवर, महीला समावेशि तर्फअनिता गौड, केन्द्रीय र्पासद लक्ष्मी केसी सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
तरुण दलका कार्यकर्ताले भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाब दिएको भएपनि सहमति हुन नसक्दा मतदान भएको हो
गैडाकोटमा सम्पन्न अधिवेशन रक्षा मन्त्री बालकृष्ण खाडले समुदघाटन गर्नुभएको थियोे ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment