Thursday, September 1, 2016
जंगली जिवन विताउन बाध्य छौ ःसुस्ताका महिला ।
सीता शर्मा भदौ १६
नवलपरासीको सुस्ता ४ का महिलाहरुले आफुहरुमा शसक्तिकरणमुलक कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । शसक्तिकरण, सचेतना र आयआर्जनका कार्यक्रम नहुँदा आफुहरु अन्धकारमा बस्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन् । मानव बेचविखन तथा ओसार पोसार विरुद्धको दशौ राष्ट्रिय दिवसको अवसर पारेर आज सुस्ता ४ मा भएको अन्तरक्रिया कार्यक्रमका सहभागी महिलाहरुले यस्तो गुनासो गरेका हुन् । अशिक्षा , चेतनाको कमि , गरिबीले गर्दा बेचविखन लगायतका विभीन्न किसीमको हिंसाको सिकार हुनुपरेको महिला समुह सुस्ता ४ का अध्यक्ष सुमित्रा राजभरले बताउनुभयो ।
त्यस्तै जिल्लामा रहेका सरकारी तथा अन्य गैरसरकारी संघसंस्थाहरुले दिने सेवा सुविधाको बारेमा पनि जानकारी नहुँदा आफुहरुले जंगली जिवन विताउन बाध्य भएको हुनाले विभीन्न किसीमका सचेतनामुलक तालीम तथा कार्यक्रमहरुको व्यवस्था गर्न समुहका उपाध्यक्ष नुरजा बेगमले आग्रह गर्नुभएको छ ।
नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्थता तथा महिला तथा बालबालीका कार्यालय नवलपरासीका प्रमुख उर्वरा लुइटेलको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथी चौधरीले विभीन्न प्रलोभन देखाई बालबालीका देखि किशोरीहरु बेचविखनमा परेको हुनाले सरकारी निकाय मात्र नभई समुदाय पनि सचेत रहनु पर्ने बताउनुभएको थियो । उँहाले अझै पनि समाजमा रहेको दाइजो प्रथा र छोरीमा गरीने भेदभावले बेचविखन जस्ता अपराध गर्न सजिलो पारेको स्पष्ट पार्नुभयो ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको जिल्ला कार्य समितीको आयोजनामा भएको कार्यक्रममा सेलर्ड नवलपरासीका सरस्वती शर्मा , के आई नेपाल नवलपरासीका संयोजक मोती खनाल , साना हात नवलपरासीका अध्यक्ष लिला बहादुर तामाङ , क्रियाशिल पत्रकार महिला नवलपरासीका सचिव सीता शर्मा , माइती नेपाल नवलपरासीका संयोजक माया क्षेत्री ,सुरक्षित आप्रवास परीयोजना सामीका कार्यक्रम संयोजक उमा पौडेल , पत्रकार आर पी उपाध्ययले बोल्दै सुस्ताका महिलाहरुको क्षमता अभिवुद्धिका लागी आ आफ्रनो संघसंस्थाबाट सक्दो प्रयास गर्ने प्रतिबध्धता व्यक्ति गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा सुस्ता बासीहरुले भोग्दै आएका नागरीकता , सिमा विवादको समस्या ,स्वास्थ्य , खानेपानी लगायतका विषयमा पनि छलफल भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment