अर्जुन अविरल
नवलपुर, ३० भदौ । प्रेस सेन्टर नवलपुरको एकता भेला आज कावासोतीमा भएको छ । भेलाले लक्ष्मी पंगेनीको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवम् केन्द्रिय सदस्य किसान गैरे, प्रेस सेन्टरका केन्द्रिय सदस्य गोपी ज्ञवाली, नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा, पूर्व अध्यक्ष केशव पराजुली, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ, प्रेस युनियन नवलपरासीका अध्यक्ष श्रीराम सिग्देल, प्रेस चौतारी नवलपरासीका सचिव सागर पोख्रेल, स्वतन्त्र पत्रकार संघ नवलपरासीका अध्यक्ष सालिकराम कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम दिपक भट्टराईको अध्यक्षतामा भएको थियो ।
Post a Comment