प्रेमचन्द रौनियार
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले हिन्दु धर्मसापेक्ष नेपाल हुनुपर्नेमा जोड दिनुभएको छ ।
राप्रपा–नेपालका राष्ट्रिय अध्यक्ष समेत रहनु भएका थापाले बहुसंख्यामा रहेका हिन्दुहरुको भावनालाई आत्मसात गर्दै हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता थापाले ६२÷०६३ को जनआन्दोलनमा माग नै नरहेको बिषयलाई उठाएर बैदेशिक चलखेलमा धर्मनिरपेक्ष नेपाल दावी गर्नुभएको थियो । कुनैपनि शास्त्रमा कसैलाई कुनै समुदायलाई अल्ग्याउने उल्लेख नभएको भन्दै उहाले छुवाछुत प्रथाको अन्त्य गर्नमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले हिन्दु राष्ट्र बनाउने अभियान एकजुट भएर सशक्त रुपमा लाग्न सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा धार्मिक व्यक्तित्वहरु शास्त्रदत्त पन्त, लक्ष्मण थापा, पदम बहादुर सापकोटा, रामचन्द्र अधिकारी, भरतराज पौडेल, दीन बन्धु अर्याल, डा.माधब राज भट्टराई लगायतले बोल्दै हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा देशैभरका सनातन हिन्दु धर्म सम्बद्ध धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Post a Comment