Thursday, September 15, 2016

महिलाहरुका लागि उद्घोषण तालिम

कावासोती, ३० भदौ । महिला सशक्तिकरणको लागि ५ दिने उद्घोषण तालिम आजदेखि नवलपरासीको देवचुली नगरपालिकामा शुरु भएको छ ।
प्रगतिनगर सामुदायीक पुस्तकालयको आयोजना र रिड नेपालको सहयोगमा संचालित तालिमको आज एक कार्यत्रलमका बीच उ्द्घाटन गरिएको छ ।
पुस्तकालयको महिला उपसमितिकी अध्यक्ष लक्ष्मी घिमिरेको अध्यक्षता तथा पुस्तकालयका अध्यक्ष खिमानन्द भुषालको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला अधिकारी , कोषाध्यक्ष डोलराज भट्टराई लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गनुभएको थियो ।
उद्घाटन कार्यक्रम कला भुषालले संचालन गर्नुभएको थियो भने जमुना खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तालिममा देवचुली नगरपालिकाका ३० जना महिलाहरुको सहभागीता रहेको छ ।
तालिममा  पत्रकार ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal