Sunday, September 18, 2016

संविधान संशोधन गर्न नयां शक्ति पार्टीको माग


रामकुमार श्रेष्ठ

 
कावासोती, २ असोज । नयां शक्ति पार्टी नेपालले संविधान संशोधनको माग गरेको छ । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनका लागि व्यवस्थापिका संसद भित्र र बाहिरका आन्दोलनरत राजनीतिक दलका मागलाई संबोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गरी सो संयन्त्रको निष्कर्ष व्यवस्थापिका संसद समक्ष प्रस्तुत गर्नु पर्ने बताएको छ ।
नयां शक्ति पार्टी नवलपुरले आज इलाका प्रशासन कार्यालय कावासोतीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउंदै यस्तो माग गरेको हो ।
ज्ञापन पत्रमा राजनीतिक, आर्थिक सामाजिक, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण नवनिर्माण, विकास निर्माण, राष्ट्रियता र शान्ति प्रक्रियासंग सम्बन्धित ३६ बुदामा माग राखेको छ ।
इलाका प्रशासन कार्यालय नवलपुरमा नयाँ शक्ति पार्टी नेपालका टंकमणि पौडेल अजयको ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय नवलपुरका प्रमुख पिताम्बर घिमिरे ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
ज्ञापन पत्र बुझाउनु अघि प्रशासन अगाडि आयोजित कोण सभामा नयाँ शक्ति पार्टी नेपालका प्रदेश ४ का सहसंयोजक रुद्र गुरुङले बोलेका थिए ।
ज्ञापन पत्रमा भ्रष्टाचार कालोबजारी नियन्त्रण गर्नु पर्ने, चाडबाडको मुखमा बजार अनुगमन बढाउने पर्ने, यातायातमा महिला माथि हुने दुव्र्यवहार रोक्न प्रत्येक सवारी साधन, मुख्य चोक, काउन्टर लगायतमा सिसी क्यामरा जडान गर्नु पर्ने लगायतको माग गरिएको छ ।
त्यस्तै माथिल्लो कर्णाली, अरुण तेस्रो, माथिल्लो मस्र्यांङदी, कोशी उचच बाँध लगायतका विदेशलाई दिइएका नदी सम्बन्धी जलसम्झौता बारेका विवाद टुंग्याउइ यस्ता परियोजनाहरुलाई राष्ट्रिय हित अनुकुल अगाडि बढाउनु पर्ने, कोशी र गण्डक बांधले डुबानमा परेका नेपालको भुभागको बारे उचित विकल्प खोजिनु पर्ने, नेपाली सीमा क्षेत्रमा अन्तराष्ट्रिय कानूनको उल्लंघन गरी बनाइएको बाँधबारे ठोस निर्णय लिनु पर्ने माग गरिएको छ ।
द्वन्दकालिन घटनाको सत्यतथ्यको छानविन गरी सत्यको उजागर गर्ने र पीडित पक्ष्लाई परिपुरणको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal