Tuesday, September 20, 2016

सबैभन्दा बढी राहदानी र पैसा लिएर विदेश नपठाउने

रामकुमार श्रेष्ठ 


कावासोती, ४ असोज । 
वैदेशिक रोजगारीको नाममा सबैभन्दा बढी राहदानी लिएर र पैसा लिएर विदेश नपठाइ ठग्ने गरेको पाइएको छ ।
सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने हिमालयन सामुदायिक विकास मञ्च कावासोती नवलपरासीको सुरक्षित आप्रसावन परियोजनामा दर्ता भएको मुद्दाहरुमा सबैभन्दा बढी यस्ता मुद्दा आएको भेटिएको छ । 
सुरक्षित आप्रसावन परियोजना सामीले मंगलबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्यांक अनुसार राहदानी र रकम लिई विदेश नपठाइएको भन्दै उजुरी गर्न आउनेमा ७७ जना पुरुष र ५ जना महिला सहित ८२ जना रहेका छन् । 
यस्तो मुद्दामा राहदानी बुझाएको र रकम बुझाएको कागजात पनि नहुने भएकोले समस्या समाधान गर्न गाह्रो हुने गरेको सामी परियोजनाका परियोजना संयोजक ऋतुराम सोतीले बताए । 
त्यस्तै गत आर्थिक बर्षमा राहदानी लिएको तर विदेश नपठाएको राहदानी पनि फिर्ता नगरेको भन्दै २२ जना, फरक काम तथा तलब दिएको भन्दै ७७ जनाले उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 
गाउं घरको एजेन्टहरुलाई राहदानी र रकम दिएको भए त्यस्तो केसमा रकम फिर्ता गराउन केही हदसम्म सजिलो हुने गरेपनि टाढाका एजेन्टहरुलाई रकम र राहदानी दिएको खण्डमा त्यस्ता एजेन्टहरुलाई भेट्न समेत गाह्रो हुने गरेको सामी परियोजनाका सूचना परामर्शदाता रञ्जना लम्सालले बताइन् । 
गत बर्ष ८२ जनाले राहदानी र रकम दिई विदेश नपठाएको भन्दै उजुरी दिएकोमा १३ जनाको र राहदानी फिर्ता नगरेका २२ जनामा ४ जनाको मात्र राहदानी फिर्ता गराउन सकिएको लम्सालले बताइन् । 
त्यसैगरी सबैभन्दा बढी फ्रिभिस्सा फ्रि टिकट भएको देशमा पनि बढी रकम तिरे पनि त्यसरी ठगिएको भन्दै निक्कै कमले मात्र उजुरी गर्ने गरेका छन् । गत बर्ष जम्मा ३ जनाले मात्र बढी रकम तिरेको भनेर उजुरी गरेको पाइएको छ । 
हिमालयन सामुदायिक विकास मञ्चका शुरविर स्थापितले परियोजनामा राहदानी लिनु पूर्व प्रशासनमा राहदानी लिन आएका सबैलाई फ्रि भिसा फ्रि टिकटको बारेमा जानकारी गराउने, पत्रपत्रिका तथा रेडियोबाट यसबारे जानकारी दिने, पर्चा पोष्टरहरु वितरण गर्ने गरेपनि रकम बढी तिरेर जाने गरेको पाइएको बताए । 
उनले मेनपावर कम्पनीले बढी रकम लिएपनि १० हजारको मात्र विल दिने गरेकोले यस्तो मुद्दाहरु हल गर्न कठिनाई हुने गरेको समेत बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal