Friday, September 23, 2016

खाद्य सुरक्षा सम्बन्धि पत्रकारलाई तालिम

ज्ञानु पंगेनी


कावासोती, ७ असोज । 
खाद्य सुरक्षाका वारेमा  सबैलाई सुसुचित गर्न पत्रकारले खाद्य सुरक्षाका बारेमा आफुले पहिले बुझ्न आवश्यक रहेकाले आज नवलपरासीको नवलपुर क्षेत्रका पत्रकारहरुलाई तालिम प्रदान गरिएको छ ।
क्षेत्रीय खाद्य प्रवृधि तथा  गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपरासीको सहयोगमा कावासोतीमा भएको कार्यक्रममा वरिष्ठ खाद्य अनुषन्धान निरिक्षक अधिकृत एवम् क्षेत्रीय कार्यालय प्रमुख किशोर खत्रीले कार्यपत्र प्रस्तुत गर्दै खाद्य सुरक्षा आम नागरिकको स्वाथ्यसंग पत्यक्ष सरोकार राख्ने विषय भएकाले पत्रकारले यस विषयमा कलम चलाउदा संवेदनशिल  हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले खाद्य सुरक्षा सम्बन्धि निती नियमहरु , कार्यालयले गरेका कामकारवाहिहरु लगायत विविध विषयका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
उहाले  कार्यपत्र प्रस्तुत गर्दै अहिले १ सय  १६ प्रकार खाद्य पदार्थको गुणस्तर तोकिएको जानकारी दिनुभयो ।
यस्तै हामिले विभिन्न प्रकारका खाना नास्ता लेखिएका पेपर तथा किताब कापिका पानामा खाने प्रचलन रहेकाले यो काम नगर्न नगराउन समेत आग्रह गनुभयो । लेखिएका  पानामा  खाद्य बस्तु खादा त्यो विषादीयुक्त हुने बताउनुभयो ।
यस्तै विक्रेताहरुले पनि बिक्री गर्न राखेका खाद्य पदार्थहरुको सुरक्षामा  ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो ।
चिसो तथा अन्य नास्ताजन्य पदार्थहरु घाममा राख्न नहुने समेत उहाले जानकारी दिनुभयो ।
यस्तै उत्पादन कम्पनिहरुले पनि उत्पान मिती , म्याद नाघेको मिती , ब्याच नम्बर , खाद्य पदार्थमा के –के मिसावट गरिएको छ सबै उल्लेख गनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण सर्माको प्रमुख आतिथ्यता तथा वरिष्ठ खाद्य अनुषन्धान निरिक्षक अधिकृत  खत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal