Sunday, September 18, 2016

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

नवलपरासी, ३ असोज ।
संविधान दिवस नवलपरासीमा विविध कार्यक्रम गरी मनाइएको छ । नवलपरासीको सदरमुकाम परासी र कावासोतीमा प्रभावफेरि गरिएको छ ।
विभिन्न राजनीतिक दलहरुको अगुवाईमा प्रभातफेरि गरिएको हो । त्यस्तै कावासोतीमा पनि कावासोतीको फलफूल चोकदेखि कावासोती नगरपालिकासम्म प्रभातफेरि गरिएको थियो ।
प्रभातफेरि पछि नगरपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । सो कार्यक्रम इलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख पिताम्बर घिमिरे, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान गैरे, नेपाली कांग्रेसका बालकृष्ण घिमिरे, नेकपा एमालेका भीम कंडेल लगायतले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बोलेका थिए ।त्यस्तै परासीमा पनि सरकारी कार्यालयका प्रमुख, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले प्रभातफेरि गरिएको छ । परासीको प्रशासन कार्यालयबाट शुरु भएको प्रभातफेरि बुद्धचोक लोकतान्त्रिकचोक हुंदै पुन प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
त्यसैगरी नवलपरासीको गैडाकोट दुम्किबाससम्म मोटरसाइकल र्याली हुंदै छ भने कावासोतीमै संविधान र युवा विषयक अन्तरक्रिया हुंदै छ ।

परासीमा विरोध सभा


संविधान दिवसको अवसरमा नवलपरासी सहित देशभर प्रभातफेरि र दिवापली गरिरहंदा नवलपरासीमा संविधानको विरोध गरिएको छ ।

नवलपरासीको सदरमुकाम परासीको बुद्ध चोकमा मेधषवादी दलहरुका साथै थारु कल्याणकारिणी सभा लगायतले प्रदर्शन गरेका हुन् । उनीहरुले ठाउं ठाउंमा कालो झण्डा समेत राखेका छन् ।
बुद्ध चोकमा आज विहानै टायर बालेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बुद्ध चोक लगायतका विभिन्न स्थानमा उनीहरुले कालो झण्डा टांगेका छन् ।
त्यसैगरी मधेषवादी दलहरु लगायतका दलहरुले दिउंसो परासीमा र्याली सहित बुद्धचोकमा कोण सभा गर्ने भएको छ ।
त्यसैगरी सांझ ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने भएको छ भने भोलि महेषपुरमा सहिदहरुको सम्झनामा मधेषवादी दलहरुले श्रद्धाञ्जली सभा गर्ने छ ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीले पनि आज संविधान दिवसलाई कालो दिवसको रुपमा मान्दै विरोध गर्ने भएको छ । कावासोतीको फलफूल चोक र बर्दघाटमा विरोध र्यालीका साथै कोण सभा गर्ने नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले जनाए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal