कावासोती, ८ असोज । देशभक्त जनगणतान्त्रिक संयुक्त मोर्चा नवलपरासीको भेला परासीमा हुने भएको छ ।
नेकपा क्रान्तिकारी माओवादीले संयुक्त मोर्चाको रुपमा अगाडि लगेको मोर्चाको जिल्ला भेला असोज १९ गते परासीमा हुने भएको हो ।
भेलामा प्रत्येक इलाकाबाट प्रतिनिधि पठाउने निर्णय भएको देशभक्त जनगणतान्त्रिक संयुक्त मोर्चाका केन्द्रिय सदस्य वृजदेव पाण्डेले बताए ।
नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको जिल्ला सचिवालयको आज अरुणखोलामा भएको वैठकले मोर्चाको भेला परासीमा गर्ने निर्णय गरेको हो । भेलाले मोर्चाको जिल्ला समिति गठन गर्ने छ ।
वैठकमा पार्टीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले प्रशिक्षण दिएका थिए । वैठकले पार्टीलाई चुस्तदुरुस्त बनाउने तल्लो कमिटिसम्म लेवी तथा वैठक नियमित गर्ने निर्णय समेत गरेको छ ।

Post a Comment