Friday, September 23, 2016

जिल्लाको विकासमा मिडियाको सक्रिय भुमिका आवश्यक ः अध्यक्ष थापा

कावासोती, ७ असोज । नवलपरासीको आर्थिक विकासमा मिडियाको सक्रिय भुमिका आवश्यक रहेको उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । औद्योगिक क्षेत्रका सम्भावना र चुनौतीहरुलाई मिडियाले केन्द्रसम्म नपु¥याए जिल्लाको विकास हनु असम्भव रहेको अध्यक्ष थापाले बताउनु भयो ।
बिजनेश खबर पाक्षिक पत्रिकाको आयोजनामा परासी स्थित गुरुग्रिनरी फेमिली रेष्टुरेन्टमा आयोजित जिल्लाको समग्र विकासमा मिडियाको भुमिका विषयक अन्तरकृया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं संघका अध्यक्ष थापाले जिल्ला औद्योगिक सम्भाव्यता, पर्यटन, र विभिन्न विकासका श्रोतहरुबाट भरिएको जिल्ला रहेको बताउनु भयो । थापाले लामो समयदेखि महेसपुर छोटी भन्सारलाई जिल्लाको मुल भन्सारको रुपमा बनाउन, जिल्लामा औद्योगिक करिडोर स्थापना गर्न, फास्ट ट्रयाक निर्माण गर्न, त्रिवेणी, मदारथान बाबा, रामग्राम स्तुप, पन्डितपुर, मौलाकालिका, दाउन्नेदेवी, पाल्ही मन्दिर र नन्दन ताल लगायतका पर्यटकिय क्षेत्रहरुलाई व्यवस्थापन गर्न र पर्यटकिय क्षेत्र बनाउन मिडियाहरुले व्यापक रुपमा यसलाई केन्द्र सम्म पु¥याउन आग्रह गर्नु भयो ।
बिजनेश खबरका सम्पादक दामोदर खनालको अध्यक्षतामा भएको कार्र्यक्रममा अतिथि एवं उद्योग वाण्ज्यि संघका पुर्व अध्यक्ष विरेन्द्र अग्रहरी, बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, उपाध्यक्ष नगेन्द्र अग्रहरी, महासचिव गिरीराज पाण्डे, पुर्व उपाध्यक्ष राधेश्याम अग्रहरी, नेपाल पत्रकार महासंघका सचिव पुरुषोत्तम सुबेदी, महासंघका पुर्व अध्यक्ष टिकाराम गैरे, मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेल, परासी पत्रका प्रकाशक सम्पादक हरि शर्मा, नारेपका अध्यक्ष सुदर्शन खरबार, रामग्राम नगरपालिका शहरी विकास शाखा प्रमुख भगौती यादव, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लाको विकासका तत्वहरुलाई बढिभन्दा बढि आफनो मिडियाहरुबाट समेटी सम्बन्धित निकायसम्म पु¥याउन साझा धारणा राखेका थिए ।
उद्योग तथा व्यवसायको संरक्षण, मुल भन्सार, कर कार्यालयको स्थापना, बेरोजगारी समस्या, पर्यटन लगायतका समस्या तथा चुनौतीहरुलाई विभिन्न सञ्चार माध्यम मार्फत सरकार समक्ष पु¥याउन मिडियाहरुको सक्रिय भुमिका भए मात्र जिल्लाको समग्र विकास हुने वक्ताहरुले बताएका थिए । मिडिया राष्टको चौथो अङ्ग हो मिडिया आफैमा पावरफुल हुन्छ जिल्लाको विकासका सम्भाव्यताहरुलाई उजागर गर्ने र भष्टाचारहरुलाई बाहिर ल्याउन मिडियाले सक्रिय भुमिका खेल्न आगं्रह समेत गरेका थिए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal