Thursday, September 1, 2016

युवाकवि मोतिराम भट्टको १५० औं जन्मजयन्ति

युवाकवि मोतिराम भट्टको १५० औं जन्मजयन्ति तथा साहित्यकुञ्ज, नवलपरासीको ७ औं बार्षिकोत्सव आज( भाद्र १६ गते) सिद्धार्थ आवासीय उ.मा.वि. कावासोतीको सभामा सम्पन्न भएको छ । साहित्यकुञ्जका अध्यक्ष सूर्य भट्टराईको अध्यक्षतामा र कवि दीपक सोतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । साहित्यकार सदानन्द अभागी, डा. धनपति कोईराला विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यसैगरि कार्यक्रममा लोकनाथ खरेल, दीपक भट्टराई, सञ्जय भट्टराई, आदर्श सुशील, करूण लम्साल, एकनारायण चापागाई, चिरञ्जीवी सिग्देल, मोहन पोख्रेल, दामोदर अधिकारी, सन्देश घिमिरे, ओमकार घिमिरे, युवराज गिरी, किशोर रिमाल, निर्मला गिरी, सिर्जन के.सी. लगायतका २ दर्जन साहित्यकाररूले रचना बाचन तथा मोतिको विषयमा केही चर्चा परिचर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण अर्जुन अविरलले गर्नु भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal