पप्पु रेग्मी
बर्दघाट । अपाङ्गंहरुलाई पनि अब सपागं सरह समान शिक्षा र समान अवसर राज्यले दिनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
अपाङ्गहरुलाई हेर्ने दृष्टिकोण राज्यले नै फरक बनाएको करणले आफुहरु विभेदमा परेको गुनासो गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल कार्यालय बुटवलकोआयोजनामा आईतवार बर्दघाटमा आयोजीत अपाङ्गहरुका
लागि समावेसी शिक्षक विषयक अभिमुखिकरण तालीमको समापन कार्यक्रममा बोल्न बक्ताहरुले सो गुनासो गरेका हुन ।
उनीहरुले स्थानिय निकायमा बनाईने कुनै पनि सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरु अपागं मैत्री, वृद्धमैत्री र बालमैत्री बनाउनु पर्नेमा जोड दिईएका थिए । त्यसै गरी उनीहरुले अपाङ्गंहरुलाई शिक्षामा समेत विभेद गरेको बताउदै सपागंहरु संगै विद्यालयमा बसेर समान शिक्षा लिन पाउनु पर्ने माग समेत गरेका छन् । त्यस्तै उनीहरुले अब राज्यले हरेक गाऊ टोलमा अपाङ्गंं बालबालिका भर्ना अभियान शुरु गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।
राष्ट्रिय अपागं महासंघ पश्चिमाञ्चल कार्यलयकी अध्यक्ष कल्पना ढकालको अध्यक्षता र महिला विकास कार्यालय
नवलपरासीकी प्रमुख उर्वरा लुईटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बर्दघाट
नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्याल, राष्ट्रिय अपाङ्गं महासंघ नेपालका केन्द्रीय सदस्य रामरतन
हरिजन,क्षेत्रिय सदस्य मनोज पंगेनी,जिल्ला अध्यक्ष बुद्धिसागर बस्याल लगाएतले बोल्नु भएको थियो ।
दुई दिन सम्म संचालन भएको सो अभिमुखिकरण तामीमको देवि पोखरेल, तोयनाथ लम्साल र कल्पाना ढकालले सहजीकरण गर्नु भएको थियो । तालिममा ६ जिल्लाका अपागंहरुको सहभागिता रहेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment