Saturday, September 10, 2016

विद्यालय भित्रै हतियार सहित तीन जना पक्राउ

प्रेमचन्द रौनियार

त्रिवेणी, २५ भदौ  । नवलपरासीको बेलाटारीमा विद्यालय हाता भित्र हतियार सहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार नवलपरासीको प्रतापपुर ४ बेलाटारीमा रहेको त्रिभुवन उच्च माविमा विद्यार्थी भर्नाको विषयमा विवाद भई झगडा हुंदा प्रहरीले हतियार सहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट एयर गन एक थान, त्यसमा प्रयोग हुने गोली ८५ थान र ६ इन्चको चक्कु बरामद गरेको हो ।
युपी ५० एयु २०६८ नम्बरको भारतीय मोटरसाइकलमा आएका ३ जनाले विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुसंग झगडा गर्न थालेपछि उनीहरुलाई प्रहरीले खान तलासी गरेको थियो । पक्राउ पर्नेमा नवलपरासीको गुठीसूर्यपुरा ७ बस्ने १८ बर्षीय सनिल कमकर, गुठीसूर्यपुरा ६ बस्ने १९ सन्तोष कमकर र पक्लिहवा ४ बस्ने अशोक कुसहवा रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal